गोहीको बथानमा हेरचाह गर्ने मानिस फसेपछि…


 


कम्बोडिया । कम्बोडियाको सिम रीप सहरमा गोहीको बथानमा गोहीकै हेरचाह गर्ने व्यक्ति फसेका छन् । झण्डै ४० वटा गोहीको बथानमा फसेपछि उनले आँखासमेत झिम्काउन पाएनन् । गोहीको आक्रमणमा परेर उनको ज्यान गयो ।

स्थानीय प्रहरीका अनुसार लुआन नाम गरेका ७२ वर्षीय मानिस अण्डामा बसेको गोही हटाउन लौरो लिएर गएका थिए। तर गोहीले त्यो लट्ठीसहित उनलाई आफ्नो घेराभित्रै उनलाई ताने ।

उनी गोही पालक किसान संघका अध्यक्षसमेत थिए । मारिएका व्यक्तिको शरीरभर टोकाइको निशान थियो भने उनको एउटा हात पनि छैन ।

सन् २०१९ मा यही फार्ममा गोहीको आक्रमणबाट दुई वर्षीया बालिकाको मृत्यु भएको थियो । दक्षिण एसियाली देशहरूमा गोहीको अण्डा, छाला र मासु प्रयोग गरिन्छ। बीबीसी

प्रकाशित मिति: १३ जेष्ठ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्