देउवाकै अगाडि शिवाकोटीले भने- कांग्रेस कुहिरोको कागजस्तो



काठमाडौं, जेठ १३ । नेपाली कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले कांग्रेस कुहिरोको कागजस्तो भइरहेको बताएका छन् । प्रेस युनियनको ३२औं स्थापना दिवसको अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

पार्टी सभापति शेरबहादुर देउवा नै प्रमुख अतिथी रहेको कार्यक्रममा बोल्दै उनले पार्टी अहिले फाली निस्केको हलो जस्तो भएको टिप्पणी गरे । ुउत्साह बोकेर आएका साथीहरू पनि निराश हुने अवस्था आउन सक्नेमा उनले चिन्ता व्यक्त गरे ।

केन्द्रीय सदस्य शिवाकोटीले पार्टी केन्द्रीय समिति बैठक नराखेर सभापति शेरबहादुर देउवाले आधिकारिक धारणा राख्न छेकेको गुनासो गरे । केन्द्रीय सदस्यहरूलाई पनि बोल्ने ठाउँ चाहिएको भन्दै बैठक आह्वान गर्न माग गरे ।

उनले ९ महिनादेखि केन्द्रीय समिति बैठक बस्न नसकेको बताए । पदाधिकारी र पूर्वपदाधिकारीको नाममा पार्टीको निर्णय हुँदै भन्दै उनले असन्तुष्टि व्यक्त गरे । पार्टी यसैगरि अगाडि बढे २०८४ सालको चुनाव फलामको चिउरा चपाउनु सरह हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News