अभिनेता जेफरसनको शव चार महिनापछि भेटियो


 


ब्राजिल । चार महिनादेखि वेपत्ता ब्राजिलियन अभिनेता जेफरसन मचाडोको शव गाडिएको अवस्थामा भेटिएको छ।

उनको शव रियो दी जेनेरियोस्थित एक घरबाहिर काठको बाकसमा भेटिएको हो। जेफसनको पारिवारिक मित्र सिन्टिया हिल्सेंडेगरले जेफरसनको इन्स्टाग्राम पेजमा उनको निधनको पुष्टि गरेकी छन्।

प्रहरीका अनुसार ४४ वर्षे अभिनेताको शव सिक्रीले बाँधिएको थियो र एक काठको बाकसमा प्याक गरिएको थियो। जुन बाकस सिमेन्टले ढाकिएको थियो। बाकसलाई जमिनबाट ६ फिट तल गाडिएको थियो।

उनको घाँटीमा एक दाग छ, त्यो दागले उनको घाटी थिचि मारिएको हुनसक्ने आशंका छ। उनको पहिचान फिंगरप्रिन्टले गरिएको उनका वकिलले बताएका छन् ।

जेफरसनको परिवारले उनको हत्याको पछाडि उनको सफलताको जलन गर्नेले गरेको आरोप लगाएका छन्। यो बारेमा चाँडै नै खुलासात्यहाँको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १३ जेष्ठ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्