सुनको मूल्य घट्यो, चाँदीको बढ्यो


 


काठमाडौं, जेठ १४ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ ।

सुन आज तोलामा दुई सय रुपैयाँ घट्दै प्रतितोला एक लाख आठ हजार एक सय रुपैयाँ कायम भएको छ । सुन हिजो प्रतितोला एक लाख आठ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढेको छ । चाँदी आज तोलामा १५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार तीन सय ६० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १४ जेष्ठ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्