सबैभन्दा धेरै बजेट कर्णालीमा, कुन प्रदेशमा कति ?


 


काठमाडौं, जेठ १६ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सबैभन्दा धेरै बजेट कर्णाली प्रदेशमा विनियोजन गरेको छ।

सरकारले ७ वटै प्रदेशमा जम्मा १ खर्ब ५ अर्ब ६ करोड ६८ लाख विनियोजन गरेको छ। कर्णाली प्रदेशमा १६ अर्ब २७ करोड ३९ लाख विनियोजन भएको छ। त्यसमध्ये ४ अर्ब ३९ करोड २२ लाख पुँजीगत प्रकृत्तीको र ११ अर्ब ८८ करोड १७ लाख चालु प्रकृतिको बजेट रहेको छ।

सरकारले सबैभन्दा कम बजेट मधेस प्रदेशका लागि छुट्याएको छ । मधेशमा १३ अर्ब ४५ करोड ३५ लाख विनियोजन गरिएको छ। जसमध्ये पुँजीगततर्फ ३ अर्ब ८९ करोड ९ लाख र चालुतर्फ ९ अर्ब ५६ करोड २६ लाख छुट्टयाएको छ।

त्यस्तैगरि कोशी प्रदेशमा १६ अर्ब ११ करोड ७० लाख विनियोजन गरिएको छ । जसमध्ये पुँजीगत तर्फ ५ अर्ब २० करोड ५२ लाख र चालु तर्फ १० अर्ब ९१ करोड १८ लाख
छुट्याएको छ ।

बागमती प्रेदशमा १५ अर्ब ८१ करोड २३ लाख रुपैयाँ छुट्याइएको छ । जसमा पुँजीगत ५ अर्ब ९ करोड ६४ लाख र चालुतर्फ १० अर्ब ७१ करोड ५९ लाख छ ।

गण्डकी प्रदेशमा १३ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरिएको छ । जसमा पुँजीगत ४ अर्ब १७ करोड २२ लाख र चालु तर्फ ९ अर्ब ४३ करोड १८ लाख रुपैयाँ छ ।

यस्तै लुम्बिनी प्रदेशमा १५ अर्ब ३८ करोड ४२ लाख बजेट छुट्याइएको छ । जसमा पुँजीगत ४ अर्ब ७३ करोड २१ लाख र चालु १० अर्ब ६५ करोड २१ लाख छ ।

र सुदूरपश्चिम प्रदेशमा १४ अर्ब ४२ अर्ब १९ करोड रुपैयाँ छुट्याइएको छ । जसमा पुँजीगततर्फ ३ अर्ब ९९ करोड २५ लाख रुपैयाँ छ भने चालुतर्फ १० अर्ब ४२ अर्ब ९४ करोड छुट्याइएको छ ।

प्रकाशित मिति: १६ जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्