Deshko News
१८ आश्विन २०८०, बिहिबार

नागरिकता विधेयक प्रमाणीकरण भएपछि मनिषा कोइरालाले सम्झिन् लेन्डुप दोर्जे



काठमाडौं, जेठ १७ । राष्ट्रपति रामचन्द्र पौडेलले विवादित नागरिकता विधेयक प्रमाणीकरण गरेपछि यसको व्यापक आलोचना भइरहेको छ ।

त्यसैमाथि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणकै दिन विधेयक प्रमाणीकरण भएपछि सामाजिक सञ्जालमा चर्को आलोचना सुरू भएको हो। भारतलाई खुसी पार्न सरकारले दलाली चरित्र देखाएको धेरैको टिप्पणी छ ।

प्रतिपक्ष दलका नेताहरुलगायत नागरिक अधिकारकर्मीलगायतले यसको विरोध गरिरहेका छन् । यसैक्रममा अभिनेत्री मनिषा कोइरालाले पनि राष्ट्रपति पौडेलको कदमको आलोचना गरेकी छन् । उनले उनले राष्ट्रपतिलाई नयाँ लेन्डुप दोर्जेको संज्ञा दिएकी छन् ।

ट्वीटरमा एक समाचार शेयर गर्दै उनले लेखेकी छन्, ‘उहाँलाई यो कुर्सी दिइएको थियो भन्ने सोच्न कठिन छैन । लेन्डुप दोर्जेको याद आयो ।’

प्रकाशित मिति: १७ जेष्ठ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News