Deshko News
६ आश्विन २०८०, शनिबार

नक्कली भुटानी शरणार्थी प्रकरण : आज चार जनाको बयान सकियो



काठमाडौं, जेठ १९ । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज (विहीबार) चार जनाको बयान सकिएको छ ।

काठमाडौं जिल्ला अदालतमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा गोविन्द चौधरी, टेकनारायण पाण्डे, सानु भण्डारी र रामशरण केसीको बयान सकिएको हो ।

यस प्रकरणमा हालसम्म १२ जनाको बयान सकिएको छ । पक्राउ परेका १७ जनामध्ये अझै पाँचजनाको बयान लिन बाँकी छ ।

यो प्रकरणमा अझै १३ जना फरार रहेका छन् । प्रहरीले उनीहरूको खोजी कार्य जारी रहेको जनाएको छ ।

प्रकाशित मिति: १७ जेष्ठ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News