डलर लिएर भारत उड्न लागेका व्यक्ति पक्राउ


 


काठमाडौं, जेठ १९ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध तरिकाले डलर लिएर भारत जान लागेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

८ हजार ७ सय अमेरिकी डलर लिएर जाँदै गर्दा जनकपुर उप महानगरपालिका–१ शिवपथका ४६ वर्षीय सन्तोष कुमार चौधरी पक्राउ परेका हुन्।

नेपाल एयरलाइन्सको उडानबाट बैङलोर जान लागेका चौधरीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याडण्ड ब्यागेज चेकिङ एरियामा प्रहरीले जाँच गर्ने क्रममा पक्रेको हो।

उनलाई आवश्यक अनुसन्धान एवं कानूनी कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १९ जेष्ठ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्