प्रचण्डको अर्को भ्रमण चीनमा, माओबादी भ्रमण टोलीले पुर्यायो सन्देश


 


काठमाडौं, जेठ १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अर्को विदेश भ्रमण छिमेकी चीनमा हुने देखिएको छ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री प्रचण्डको भ्रमणको सन्देश चीन पुर्याएका हुन् ।

झण्डै दुईसाता चीन भ्रमण सकेर फर्किएका सापकोटाले प्रधानमन्त्रीको तर्फबाट जुलाई लास्ट वा अगस्ट फस्टमा भ्रमण हुनसक्ने प्रस्तावसहितको सन्देश राखेको बताए । प्रधानमन्त्रीकै सल्लाहमा चीनमा उक्त सन्देश पुर्याएको बताए ।

चीन र नेपालबीच जोडिएका नाका सहज रुपमा सुचारु गर्ने विषयमा पनि छलफल भएको सापकोटाले बताए । उनका अनुसार प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण आगामी जुलाई अन्तिम वा अगस्ट पहिलो सातातिर हुनेछ । प्रधानमन्त्री प्रचण्ड अहिले चार दिने भ्रमणका लागि भारतमा छन् ।

प्रकाशित मिति: १९ जेष्ठ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्