Deshko News
६ आश्विन २०८०, शनिबार

दरबार हत्याकाण्डको छानबिन गर्न युवराज सफलले दिए निवेदन



काठमाडौं, जेठ १९ । नेपाल समाजवादी मोर्चाका संयोजक युवराज सफलले दरबार हत्याकाण्डको छानबिन गर्न गृहमन्त्रालयमा निवेदन दिएका छन् ।

शुक्रबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई निवेदन लेख्दै संयोजक सफलले ०५८ जेठ १९ गते भएको दरबार हत्याकाण्डको निष्पक्ष छानबिन गर्न माग गरेका हुन्।

‘सो घटनाको सत्यतथ्य बाहिर नआउँदा नेपालको छवि अन्तराष्ट्रिय रूपमासमेत धुमिल भएकाले यथाशक्य छिटो दरबार हत्याकाण्डको छानबिन गर्न ध्यानाकर्षण गराउन चाहन्छु,’ पत्रमा भनिएको छ।

नारायणहिटी दरबार हत्याकाण्ड भएको आज ठिक २१ वर्ष पूरा भएको छ। २०५८ जेठ १९ गते बेलुकी राजदरबारमै तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको थियो।

बेलुकाको समयमा पारिवारिक जमघटका क्रममा त्रिभुवन सदनमा घटना घटेको थियो। घटनामा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन र राजकुमारी श्रुतिको हत्या भयो। राजाका भाइ धीरेन्द्र, राजकुमारी जयन्ती, अधिराजकुमारी शान्ति, अधिराजकुमारी शारदा र कुमार खड्गविक्रम शाह पनि मारिका थिए।

हत्याकाण्डपछि तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले घटनाका लागि तत्कालीन युवराज दीपेन्द्रलाई दोषी रहेको प्रतिवेदन सार्वजनिक गरेको थियो।

प्रकाशित मिति: १९ जेष्ठ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News