अाज राति र भाेलि बिहान टेलिकमकाे माेबाइल सेवा अवरूद्ध हुँदै


 


nepal-telecomकाठमाडाैं, मंसिर ३

शुक्रबार (अाज) राति र शनिबार (भाेलि) बिहान नेपाल टेलिकमको मोबाइल सेवा अवरुद्ध हने भएको छ । कम्पनीको जिएसएम पोस्टपेड मोबाइल सेवालाई कन्भर्जेन्ट रियल टाइम बिलिङ सिस्टममा माइग्रेसन गरिने भएकाले शुक्रबार राति ११ बजेदेखि शनिबारसम्म अवरुद्ध हुन सक्ने टेलिकमले जनाएको छ।

बिलिङ सिस्टमलाई व्यवस्थित र सहज बनाउनका लागि डेटा माइग्रेसन गर्नुपरेको टेलिकमले जनाएकाे छ । रातिको समयमा काम हुने भएकाले ग्राहकलाई धेरै समस्या नपर्ने टेलिकमकाे भनाइ छ ।

डेटा माइग्रेसन नियमित प्रक्रिया भएकाले टेलिकमका अन्य सेवा भने नियमित सुचारु हुनेछन् । कम्पनीको वायरलेस सेवा अन्तर्गतका जिएसएम तथा सिडिएमए सेवाका भ्वाइस, डाटा, एसएमएस, वाइम्याक्स र रिजार्ज सेवा समेत अवरुद्ध हुन सक्ने टेलिकमले जनाएकाे छ ।

यसकारण हुँदैछ शुक्रबार राती देखि नेपाल टेलिकमको सेवा प्रभावित ( सूचना सहित)

प्रकाशित मिति: ३ मंसिर २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्