यी हुन् नेपालमा सबैभन्दा कम र बढी बोलिने मातृभाषा (विवरणसहित)


 


काठमाडौं, जेठ २० । नेपालमा जम्मा मातृभाषाको संख्या १२४ रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । तथ्यांक अनुसार नेपालमा सबैभन्दा बढी बोलिने भाषामा नेपाली हो । यो भाषा एक करोड ३० लाख चार हजार ४५७ जनाले बोल्छन् । जुन कूल जनसंख्याको ४४.८६ प्रतिशत हो ।

नेपालीपछि सबैभन्दा धेरै बोलिने मातृभाषा मैथीली हो । नेपालमा मैथीली भाषा बोल्नेको संख्या ३२ लाख २२ हजार ३९ रहेको छ । जुन कूल जनसंख्याको ११.०५ प्रतिशत हो । विवरणअनुसार नेपालमा ६.२४ प्रतिशतको मातृभाषा भोजपुरी, ५.८८ प्रतिशतको थारु र ४.८८ प्रतिशतको तामाङ रहेको छ ।

कार्यालयको विरणअनुसार नेपालमा केही यस्ता मातृभाषा छन् जुन एकदमै कम मान्छेले मात्रै बोल्छन् । एक हजार भन्दा कम मान्छेले बोल्ने भाषामा पन्जाबी, धुलेली, खाम्ची (राउटे)लगायत छन् ।

प्रकाशित मिति: २० जेष्ठ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्