Deshko News
६ आश्विन २०८०, शनिबार

रास्वपाको मध्यपुर थिमि नगर समिति गठन, सभापतिमा मानन्धर



काठमाडौं, जेठ २० । राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) मध्यपुर थिमि नगर भेलाले कार्यसमिति चयन गरेको छ ।

समितिको सभापतिमा न्हुछेंकाजी मानन्धर निर्वाचित भएका छन् । शनिबार मध्यपुर थिमिमा भएको नगर भेलाबाट मानन्धरको सभापतित्वमा १३ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो ।

नगर समितिको उपाध्यक्षमा स्मृति भटराई, सचिवमा मुशरी नेपाल र कोषाध्यक्षमा समिर पौडेल निर्वाचित भएका छन् । सदस्यहरुमा गुन्जना ढुंगाना, आराधना बर्मा, अमित दाहाल, सुवास कोइराला, शैलेस जोशी, नरेशराज बुद्धचार्य, श्याम जोशी, अश्विन खनाल र उषा प्रजाति चुनिएका छन् ।

यसअघि भेलाको उद्घाटन पार्टीका उपनेता विराजभक्त श्रेष्ठले गरेका थिए । सो भेलामा पार्टी संसदीय दलका सचेतक सन्तोष परियार, जिल्ला सभापति रामेश्वर बस्नेतलगायतले समसामयिक राजनीतिक विषयमा पार्टीको धारणा राखेका थिए ।

पार्टीको हालसम्म जिल्ला समिति, चाँंगुनारायण र सूर्यविनायक नगरसमिति र अहिले मध्यपुर नगर समिति गठन भइसकेको छ । अब भक्तपुर नगरपालिका नगर समिति मात्रै गठन गर्न बाँंकी रहेको पार्टीले जनाएको छ ।

प्रकाशित मिति: २० जेष्ठ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News