Deshko News
१८ आश्विन २०८०, बिहिबार

राष्ट्रिय सभामा पनि एमालेको अवरोध, बैठक स्थगित



काठमाडौं, जेठ २१ । नागरिकता विधेयक प्रमाणीकरणको विरोध गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रिय सभा बैठक पनि अवरुद्ध पारेको छ ।

बैठक सुरु भएलगत्तै बोल्ने समय माग गरेपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेकपा एमालेका सांसद भैरव सुन्दर श्रेष्ठलाई बोल्ने समय दिएका थिए । नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रियाप्रति आपत्ति जनाउँदै उनले सरकारले जवाफ दिनुपर्ने माग राखे ।

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले यथास्थानमा बसिदिन आग्रह गर्दा पनि सांसदहरु नबसेपछि २९ मिनेटका लागि बैठक स्थगित भएको जानकारी गराए ।

प्रतिनिधि सभाको बैठक पनि नेकपा एमाले, रास्वपा र राप्रपाका सांसदहरुको अवरोधका कारण एक घण्टाका लागि स्थगित गरिएको छ ।

प्रकाशित मिति: २१ जेष्ठ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News