सदनको अवरोध हटाउने सहमति, प्रधानमन्त्रीले जवाफ दिने


 


काठमाडौं, जेठ २२ । प्रतिनिधिसभाको अवरोध हटाउन सहमति जुटेको छ। सोमबार सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँग गरेको छलफलपछि बैठकको अवरोध हटाउने सहमति जुटेको उनको सचिवालयले जनाएको छ।
हो ।

आइतबार नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले सदन अवरुद्ध पारेका थिए। आजको बैठकको सुरुमा प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले सदनमा उठेका विषयको जवाफ दिनेछन्।

प्रकाशित मिति: २२ जेष्ठ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्