कांग्रेसको नीति महाधिवेशन भदौको अन्तिममा हुन्छ : गगन थापा


 


काठमाडौं, जेठ २२ । नेपाली कांग्रेसले भदौको अन्तिम साता नीति महाधिवेशन गर्ने भएको छ । महामन्त्री गगन थापाले नीति महाधिवेशन भदौको अन्तिममा गर्न लागिएको जानकारी गराएका छन्।

नेपाली कांग्रेसबाट निर्वाचित पालिकाका जनप्रतिनिधिलाई प्रशिक्षण दिन दाङ पुगेका महामहान्त्री थापाले भदौको मसान्तमा नीति महाधिवेशन गरिने र पार्टीका महत्वपूर्ण निर्णयहरु गरिने जानकारी दिए ।

महाधिवेशन सकिएको ६ महिना पछि नीति महाधिवेशन गर्ने भनिएपनि हालसम्म मिति तोकिएको छैन । प्रशिक्षण कार्यक्रम सुरु हुनु अघि थापाले राप्ति गाउँपालिकामा स्थानीय नेता कार्यकर्तासँग छलफल क्रममा उनले उक्त कुरा गरेका हुन् ।

महामन्त्री थापाले भदौअघि नै भ्रातृसंस्थाको पूर्णता, विभाग गठन लगायतका काम सकिने बताए । नागरिकका आँखाबाट हेर्दा संगठन निर्माणको अर्थ नरहने उनले बताए ।

कांग्रेस बाँच्नुको आधार मर्न तयार हुने तर सिद्धान्तमा सम्झौता तयार नहुने कारणले भएको थापाले सुनाए। पछिल्लो समय सरकारका लागि कांग्रेस जे पनि गर्ने पार्टीका रुपमा चित्रित भएको थापाको भनाइ छ।

प्रकाशित मिति: २२ जेष्ठ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्