नागरिकता विधेयक प्रमाणीकरणमा सर्वोच्चले रोक लगाएपछि वीरगंजमा प्रदर्शन


 


वीरगंज, जेठ २२ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकमाथि सर्वोच्च अदालतले रोक लगाएपछि वीरगंजमा प्रदर्शन गरिएको छ।

नागरिकताविहीन संघर्ष समितिको अगुवाइमा सोमवार वीरगंजमा युवाहरुले प्रदर्शन गरेका हुन्। युवाहरुले वीरगंजको घण्टाघर चोकमा जम्मा भएर नाराबाजी गरेका थिए। उनीहरूले जुलुससहित नाराबाजी गर्दै नगर परिक्रमा गरेका थिए।

नगरपरिक्रमा पछि पुनः घण्टाघरमा पुगेर युवाहरुले सडकमा धर्ना दिएका थिए। उनीहरुले विधेयक प्रमाणीकरणको विरोधमा रहेका नेताहरुको तस्विर जलाएका थिए।

प्रकाशित मिति: २२ जेष्ठ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्