नेपाली जमिनलाई प्रधानमन्त्रीले विवादास्पद बनाउन खोजे : ओली


 


काठमाडौं, जेठ २२ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण फितलो भएको बताएका छन् ।

आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री प्रचण्डले भारत पुगेर फितलो प्रदर्शन गरेको आरोप लगाए । नेपाली जमिनलाई विकल्पका रुपमा लिन खोजेर विवादास्पद बनाउन खोजिएको उनले बताए ।

बंगलादेशसंग जोडिन नेपालको अधिकार भएको भन्दै त्यसका लागि नेपाली भूमिनै साँठगाँठ गर्नुपर्ने अवस्था किन आएको भन्दै ओलीले प्रश्न गरे । सीमावारि नेपालतिर राखिएका भारतीय सुरक्षा पोष्टलाई हटाउनुपर्ने विषयमा कुरा नै नउठाउनु दुखद् भएको उनको भनाइ छ ।

प्रकाशित मिति: २२ जेष्ठ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्