एमालेका जनवर्गीय संगठनहरुद्वारा सरकारविरुद्ध प्रदर्शन


 


काठमाडौं, जेठ २२ । प्रमुख प्रतिपक्ष नेकपा एमालेको जनवर्गीय संगठनहरुले सोमबार सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

पछिल्ला सार्वजनिक महत्व र समसामयिक विषयमा सरकारमाथि दबाब दिँदै एमालेनिकट युवा, विद्यार्थी, महिला संगठनले माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले भारतसँग भूमि साटफेर गर्न सकिने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति, नागरिकता विधेयक, रेश चौधरीलाई आममाफीको निर्णय, सांसद विकास कोष ब्यूँताइएकोलगायतका विषयको विरोध गरेका छन् ।

प्रकाशित मिति: २२ जेष्ठ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्