अब प्रचण्डलाई बोकेर हिँड्न सकिँदैन : घिमिरे


 


काठमाडौं, जेठ २२ । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले अब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बोकेर हिँड्न नसकिने बताएका छन् ।

प्रधानमन्त्रीको भर्खरै भएको भारत भ्रमणलाई लिएर उनले अब प्रचण्डलाई प्रधानमन्त्रीका रुपमा बोकेर हिड्न नसकिने बताएका हुन् ।

उनले प्रधानमन्त्री प्रचण्डले छिमेकीहरूसँग प्रष्ट रुपमा कुरा राख्न नसकेको तथा नेपाल र नेपालीको शीर उँचो हुने गरी प्रस्तुत हुन नसकेको बताए ।

छिमेकी देशहरुसँग स्पष्ट रुपले आफ्नो देशको हितमा कुरा गर्न नसक्ने र आफूलाई परेका मर्का उठाउन नसक्ने नेतृत्वलाई अब साथ दिन नसकिने उनको भनाइ छ ।

प्रकाशित मिति: २२ जेष्ठ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्