भीरबाट लडेर एक युवकको मृत्यु


 


बैतडी, जेठ २२ । बैतडीको मेलौलीमा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ ।

जिल्लाको मेलौली नगरपालिका–५ स्थित अर्जुन अदल्ले भीरबाट खसेर पञ्चेश्वर गाउँपालिका–५ का शङ्करदत्त कलौनीका १९ वर्षीय छोरा प्रेम कलौनीको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: २२ जेष्ठ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्