करेन्ट चाउचाउले वाइवाइको ट्रेडमार्क नक्कल गरेको आरोप, मुद्दा दायर


 


काठमाडौं, जेठ २२ । यशोदा फुड्स प्रालीद्वारा उत्पादित करेन्ट चाउचाउले वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल गरी वाइवाइ जस्तै देखिने गरी उपभोक्तालाई झुक्याउने काम गरेको आरोप लागेको छ ।

अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड कायम गरेको चौधरी ग्रुपद्वारा उत्पादित वाइवाइ जस्तै देखाउन करेन्ट चाउचाउले आफूलाई वाइवाइ जस्तै देखाएर उपभोक्तालाई भ्रमित पार्ने काम गरेको आरोप छ ।

वाइवाइ जस्तै देखिने र्यापर प्रयोग गरी करेन्ट चाउचाउले ट्रेडमार्क ऐन २०२२ को उल्लंघन र उपभोक्ता अधिकारमाथि प्रत्यक्ष हनन् गरेपछि सीजी फुड्स प्रा.लिले उद्योग विभागमा मुद्दा दायर गरिसकेको छ ।

पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन २०२२ को दफा १६ (२) मा कुनै व्यक्तिको नाममा दर्ता भएको ट्रेडमार्क अरु कसैले नक्कल गर्न हुँदैन भनिएको छ ।

उपभोक्तालाई भ्रममा पार्ने गरी ट्रेडमार्क हुबहु नक्कल गरी प्रयोग गरेमा उक्त ऐनको दफा १९ अनुसार उद्योग विभागको आदेशले कसुरको मात्राअनुसार १ लाख रूपैयाँसम्म जरिबाना र सो कसुरसँग सम्वन्धित सबै मालसामान बजारबाट जफतहुने व्यवस्था गरेको छ ।

सीजी फुड्सले यही कानूनअनुसार करेन्ट चाउचाउमाथि कारबाही हुनुपर्ने माग गरेको छ । कानूनले यस सम्बन्धी निर्णय गर्ने अधिकारी उद्योगका विभागका महानिर्देशकलाई तोकेको छ ।

विभागसम्वद्ध अधिकारीहरूका अनुसार सीजी फुड्ले २०७९ साउनमा विभागमा दर्ता गरिएको मुद्धा लामो समयदेखि विचाराधीन अवस्थामा छ । जसका कारण उपभोक्ताको अधिकार हनन भएको छ ।

प्रकाशित मिति: २२ जेष्ठ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्