खप्तडमा अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु


 


धनगढी,जेठ २३ । खप्तडमा अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु भएको छ ।

आन्तरिक एवं बाह्य पर्यटकलाई बढवा दिन आयोजना गरिएको आध्यात्मिक सम्मेलनलाई मंगलबार एक कार्यक्रमका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मेलनको उद्घाटन गरेका हुन् ।

सम्मेलनमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, कांग्रेस नेता रमेश लेखक, एमाले नेता भीम रावल तथा भारतीय धार्मिक गुरु रामदेव र आचार्य बालकृष्णलगायतको उपस्थिति छ ।

तीन दिनसम्म चल्ने सम्मेलन सुदूरपश्चिम प्रदेश सरकार, पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, खप्तड पर्यटन विकास तथा व्यवस्थापन समिति र स्थानीय तहको समन्वयमा आयोजना गरिएको हो ।

सम्मेलनको दोस्रो दिन योगाध्यासका साथसाथै त्रिभुवन विश्वविद्यालयका प्राध्यापक एवं इतिहासविद् डा. राजाराम सुवेदीले खप्तडको धार्मिक र पर्यटन सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहको छ ।

सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा पहिलो पटक आयोजना गरिएको हो ।

प्रकाशित मिति: २३ जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्