प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता


 


काठमाडौँ, वैशाख २० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा भएको भेटवार्तामा उपनिर्वाचनको समीक्षा र समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गत वैशाख १५ मा सम्पन्न इलाम–२ र बझाङ प्रदेशसभा १ को उपनिर्वाचनमा एमाले निर्वाचित भएको छ । इलाम–२ मा एमाले उम्मेदवारलाई माओवादी केन्द्रले पनि समर्थन गरेको थियो ।

गठबन्धनमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको असन्तुष्टि र प्रदेश सरकारबारे पनि दुई नेताबीच छलफल भएको बुझिएको छ ।

प्रकाशित मिति: २० बैशाख २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्