धनगढीबाट लागूऔषधसहित एक किशोरी पक्राउ


 


धनगढी, जेठ २३ । धनगढीमा लागूऔषधसहित एक किशोरी पक्राउ परेकी छन् ।

प्रहरीले सोमबार दिउँसो धनगढी उपमहानगरपालिका–१० की १९ वर्षीया किशोरी लागूऔषधसहित पक्राउ गरेको जनाएको छ । उनलाई एक ग्राम लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले किशोरीलाई लागूऔषधसहित नियन्त्रणमा लिए र थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति: २३ जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्