आज पनि बढ्यो सुनको मूल्य, चाँदी स्थीर


 


काठमाडौं, जेठ २४ । नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । सुन आज तोलामा दुई सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख १२ हजार सात सय रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने यथावत छ । चाँदी आज पनि प्रतितोला एक हजार चार सय २० रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २४ जेष्ठ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्