नेपालले टस हार्यो, पहिला बलिङ गर्दै


 


काठमाडौं, वैशाख २० । वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको चौथो खेलमा नेपालले टस हारेर फिल्डिङको निम्तो पाएको छ ।

वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

विश्वकप जाने १५ सदस्सिय टोली सार्वजनिक भएपछि आज नेपाल पहिलो पटक खेल्दैछ । यस सिरिजमा नेपालले २० जना खेलाडी प्रयोग गर्दै आएको थियो । तर सिरिजका बाँकी दुई खेलमा विश्वकप जाने टोली मात्र प्रयोग हुनेछ ।

आज नेपालले ओपनरमा आसिफ शेख र कुशल भुर्तेललाई निरन्तरता दिएको छ । मध्यक्रममा रोहित पौडेल, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी र गुलशन झा रहनेछन् । बलिङमा प्रतिश जिसी, सोमपाल कामी, अभिनाश बोहरा र ललित राजवंशी खेल्ने छन् ।

सिरिजमा हाल वेस्ट इन्डिज २–१ को अवस्थामा छ । नेपालले शनिबार भएको पहिलो खेलमा ४ विकेटको जित निकालेको थियो । दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले १० रन र तेस्रो खेल ७६ रनको जित निकाल्यो ।

नेपाली टोलीमा आज आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी गुलशन झा, प्रतिश जिसी, सोमपाल कामी, अभिनाश बोहोरा र ललित राजवंशी छन् ।

यस्तै वेस्ट इन्डिज ‘ए’ टोलीमा रोस्टन चेज (कप्तान), एलिक अथान्जे (उपकप्तान), फाबिएन एलेन, केसी कार्टी, जोनसन चार्ल्स, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल र हेडन वाल्स छन् ।

प्रकाशित मिति: २० बैशाख २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्