बलात्कार गरेर फरार वडाध्यक्ष चार महिनापछि पक्राउ


 


दार्चुला, जेठ २५ । दार्चुलामा महिलालाई जबरजस्ती करणी गरेको आरोप लागेर फरार रहेका एक वडाध्यक्ष पक्राउ परेका छन् ।

जिल्लाको मालिकार्जुन गाउँपालिका–३ का वडाध्यक्ष मदन सिंह धामी गाउँकै महिलालाई करणी गरेको आरोपमा पक्राउ परेका हुन् ।

आफूलाई जबरजस्ती करणी गरेको भन्दै वडाध्यक्ष धामीविरुद्ध फागुन ५ गते पीडित महिलाले जिल्ला प्रहरी कार्यालय दार्चुलामा जाहेरी दिएकी थिइन् । गत माघ २० गते महिलालाई जबरजस्ती करणी गरी वडाध्यक्ष धामी फरार भएका थिए ।

उक्त जाहेरीको आधारमा बुधबार जिल्ला सदरमुकामबाट पक्राउ गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिए ।

पक्राउ परेका वडाध्यक्ष धामीलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनी एमालेबाट निर्वाचित वडा अध्यक्ष हुन ।

प्रकाशित मिति: २५ जेष्ठ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्