अाइपुग्याे नेपालमा अाइफाेन ७, कति छ मूल्य ?


 


iphone-7काठमाडाैं, मंसिर ४

नेपालमा अाइफाेन ७ अाइपुगेसँगै बिक्री वितरण सुरू भएकाे छ ।    प्रि-बुकिङ भइरहेको बहुप्रतिक्षित आइफोन ७ लाई शुक्रबार इभोस्टोरले औपचारिक रुपमा सार्वजनिक गर्दै बिक्री प्रारम्भ गरेको छ ।

आइफोनको स्टोरेज क्षमताअनुसार मूल्य फरक-फरक छ । ३२ जीबीको आइफोन ७ को मूल्य ९१ हजार पर्छ भने १२८ जीबीको आइफोन ७ को मूल्य १ लाख ५ हजार ५ सय रुपैयाँ रहेको छ ।

यसैगरी २५६ जीबी स्टोरेज क्षमताको मूल्य १ लाख १९ हजार ५ सय रुपैयाँ रहेको छ ।

ठूलो आकारको आइफोन ७ प्लस भने महंगो पर्छ । ३२ जीबीको आइफोन ७ प्लसको मूल्य १ लाख ८ हजार पर्छ भने १२८ जीवीको आइफोन ७ प्लसलाई १ लाख २२ हजार ५ सय रुपैयाँ पर्छ ।

यस्तै २५६ जीवीको आइफोन ७ प्लसलाई १ लाख ३६ हजार रुपैयाँ पर्ने छ । यो मूल्य नेपाल सरकारले तोकेको १३ प्रतिशत मूल्य अभिबृद्धि कर(भ्याट)सहितको हो ।

आधिकारिक रुपमा बिक्रि हुने सबै आइफोनमा एक बर्षको वारेन्टीसहित भ्याट बिल दिइनेछ ।

के छ आइफोन सेभेनका विशेषता ?

प्रकाशित मिति: ४ मंसिर २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्