फेसबुक प्रयोगकर्ताहरुको लागि दु:खको खबर, जुकरवर्गले गरे यस्तो निर्णय


 


एजेन्सी ।

फेसबुक निर्माता मार्क जुकरवर्गले फेसबुकमा हुने झुटो सामाचारहरुलाई निरुत्साहित गर्ने योजना बनाएका छन् ।

उनले यो योजनामा आफु फेसबुकमा हुने झुटा समाचार तथा अफवाहलाई रोक्न पूर्णरुपमा सफल हुने बताएका छन् ।

अमेरिकी राष्ट्रपतिको चुनावको प्रचारमा फेसबुकमा प्रकाशित झुटा समाचारहरुले धेरै विवाद उत्पन्न भएको थियो ।

फेसबुक प्रयोगकर्ताहरुमध्ये धेरैले फेसबुकमा आएका गलत समाचारका कारण अमेरिकी राष्ट्रपतिको चुनावमा असर परेको गुनासो गरेका थिए ।

जुकरवर्गले गलत सूचनाहरुको विरुद्ध उठाउन लागेका कदमको बारेमा विस्तृत जानकारी फेसबुकमा पोष्ट गरेका छन् ।

आफ्नो पोष्टमा अर्बपति जुकरवर्गले लेखेका छन् ‘हामीहरु यो समस्यामा लामो समय देखि काम गरिराखेका छौं र हामी यसको जिम्मोवारी गम्भीरताका साथ निभाउने छौं ।’

उनले भनेका छन् ‘फेसबुकले उनलाई निराश बनाउने छैन जसले विचार र साँचो कुराहरुलाई शेयर गर्छन् । तर यो समस्या अति नै जटिल छ, यो सन्दर्भमा धेरै अप्ठ्यारो रहेको छ । ’उत्तरी अमेरिकाका टेक्नोलोजी रिपोर्टर डेव लीले भनेका छन् फेसबुकको लागि झुटा समाचार रोक्न निकै चुनौति रहेको छ । उनले भनेका छन् ‘हामीहरु यी अज्ञाता समस्याहरुबाट अपरिचित छौं, कुनै प्राइभेट कम्पनीको लागि तत्काल यी चीजहरुलाई रोक्न सामान्य छैन ।’

त्यस्तै डेनीले भनेका छन् ‘यो सन्दर्भमा जुकरवर्गले लामो समय सम्म यी जटिलतासँग आफुलाई जोड्न सक्ने छैनन् , जुकरवर्गको विश्व लक्ष्य उनको बुद्धिमा भर पर्ने छ । उनको लागि झुटा सामाचार एउटा ठुलो परीक्षा हो र उनले यसलाई ठीक तरिकाले ह्याण्डल गर्न सक्ने छैनन् ।’
मार्क जुकरवर्गले भनेका छन् फेसबुकमा यसलाई लिएर सात प्रस्तावमा काम चलिरहेको छ, उनका अनुसार गलत सूचनाहरुलाई लिएर फेसबुक एकदमै गम्भीर छ ।’

पछिल्लो समय चुनावको नतिजा आएपछि जुकरवर्गले अति नै आलोचना खेप्नु परेको थियो ।
धेरै आलोचकहरुले त भनेका पनि छन् झुटो समाचारका कारण ट्रम्पलाई अरु बढी भोट पाउन सजिलो भयो ।

झुटा सामाचारहरुलाई मजाकमा पोष्ट गरिन्छ तर यसमा मानिसहरु भरोसा गरिहाल्छन् । यी सामाचारहरु धेरै नै सेयर गरिन्छन् र लाइक्स पनि बढी पुग्छन् ।

सोमबार गुगलले झुटा सामाचार हालेर विज्ञापनबाट आम्दानी गर्न खोज्नेलाई रोक्ने घोषणा गरेको थियो । त्यसपछि जुकरवर्गले पनि त्यही किसिमको घोषणा गरेका छन् ।

मृत्यु पछि फेसबुक प्राेफाइल के हुन्छ ?

प्रकाशित मिति: ५ मंसिर २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्