भक्तपुरमा ग्यास लिक भएर आगलागी हुँदा एक जनाको मृत्यु


 


काठमाडौं, असार १६ । भक्तपुरमा ग्यास सिलिण्डर लिक भएर आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

सूर्यविनायक नगरपालिका–९ पलासेका ३३ वर्षीय रामकुमार सार्कीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

सार्की यही असार १ गते आफ्नै घरमा ग्यास लिक भएर आगलागी हुँदा जलेर गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा आज बिहान कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १६ असार २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्