नारायणगढ–मुग्लिन सडक खुलाउन अझै समय लाग्ने


 


चितवन, असार १७ । नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाउन अझै समय लाग्ने भएको छ ।

इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा शनिबार राति पहिरो खसेको हो । डिभिजन सडक कार्यालय चितवनका प्रमुख रमेशकुमार पौडेलले थप पहिरो नखसे केही घण्टापछि सडक खुलाउन सकिने बताए।

पहिरोको एउटा ढिस्को नै झरेकाले पन्छाउन समय लागेको उनको भनाइ छ ।

प्रकाशित मिति: १७ असार २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्