जनमत सरकारमा जान तयार, प्रधानमन्त्रीसंग राखे तीन शर्त


 


काठमाडौं, असार १७ । जनमत पार्टी शर्तसहित सरकारमा जान सकारात्मक देखिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आज (आइतबार) बिहान जनमत पार्टीका अध्यक्ष सीके राउतले विभिन्न तीन शर्त राख्दै सरकारमा जान सकारात्मक देखिएका हुन् ।

नेता राउतले प्रधानमन्त्रीसंग बजेटमा देखिएको असमानता हटाउने, मधेस प्रदेशमा विना विभागीय बनाइएका आफ्ना दुई मन्त्रीलाई जिम्मेवारी दिने र संघमा मन्त्रीका विषयमा छलफल गरेका थिए ।

जनमत पार्टीका नेता अब्दुल खानले प्रधानमन्त्री आफूहरूले उठाएका मुद्दामा सकरात्मक रहेको उनले बताए । स्रोतका अनुसार आज आइतबार ४ बजे बस्ने सत्ता पक्षीय दलको बैठकले जनमतलाई सरकारमा ल्याउनेबारे निर्णय लिन सक्नेछ ।

पुस १० गते बनेको एमाले–माओवादी गठबन्धनमा खानेपानी मन्त्रालय सम्हाल्नेगरी जनमत सरकारमा गएको थियो ।

प्रकाशित मिति: १७ असार २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्