ललिता निवासको जग्गामा तारबार लगाउन पुग्यो महानगरको जम्बो टोली


 


काठमाडौं, असार १७ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ललिता निवासको जग्गामा तारबार लगाउन निर्देशन दिएपछि महानगरको टोली ललिता निवास पुगेको छ ।

ललिता निवासको १४१ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा अदालतमा मुद्दा चलिरहेका बेला आइतबार मेयर बालेन शाहले जग्गा संरक्षणका लागि नगर प्रहरी पठाएका हुन् ।

महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको नेतृत्वमा नगर प्रहरीको टोली ललिता निवासमा पुगेको हो । पाण्डेका अनुसार टोलीले खाली जग्गामा तारबार गर्ने, बनाउन लागिएका भौतिक संरचनाको निर्माण कार्य रोक्ने काम गर्नेछ ।

प्रकाशित मिति: १७ असार २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्