धोनी संसारका सबैभन्दा धनी क्रिकेटर


 


न्यूयोर्क, भारतीय वानडे क्रिकेट टिमका कप्तान महेन्द्र सिंह धोनी संसारका सबैभन्दा बढी पैसा कमाउने खेलाडीको रुपमा फोब्र्स म्यागजिनको सूचीमा एक्लो क्रिकेटर हुन् । यसका साथै उनी एकमात्र भारतीय खेलाडी पनि हुन् ।download (3)

धोनी ३१ मिलियन डलर कमाइसहित यो सूचीमा २३ औं नम्बरमा छन् । धोनीले ४ मिलियन डलर तलब र २७ मिलियन डलर विज्ञापन अनुबन्धमार्फत कमाएका हुन् । यद्यपी उनी यो सूचीको एक स्थान तल झरेका छन् । पछिल्लो वर्ष उनी २२ औं नम्बरमा थिए ।

फोब्र्सका अनुसार उनी भारतलाई विश्वकप २०१५ को सेमिफाइनलसम्म लिएर गए जहाँ उनी भावी बिजेता अष्ट्रेलियासँग हारेका थिए । त्यसपछि उनले चेन्नई सुपरकिंग्सलाई आठ वर्षमा छैठौं पटक आइपीएलको फाइनलमा लिएर गए । उनले सन् २०१४ देखि २०१५ को बिचमा ३०० मिलियन डलरको कमाई गरे ।

यो सूचीमा मारिया शारापोभा र सेरेना विलियम्सको रुपमा मात्र दुई महिलाहरु समावेश छन् । शारापोभा २६ औं र सेरेना ४७ औं स्थानमा छिन् । टेनिस स्टार रोजर फेडेरर ६७ मिलियन डलरसहित पाँचौं स्थानमा छन् । जबकी नम्बर एक टेनिस खेलाडी नोवाक जोकोविच ४८.२ मिलियन डलरसँगै १३ औं स्थानमा छन् । फुटबल स्टार क्रिष्टियानो रोनाल्डो तेस्रो स्थान र लिओनल मेस्सी चौथो स्थानमा छन् ।

एजेन्सी

प्रकाशित मिति: २८ जेष्ठ २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्