जियोले ल्यायो ९९९ भारुमै फोर जी चल्ने फोन


 


काठमाडौं, असार २० । रिलायन्स जियोले फोर जी चल्ने सस्ता फोन सार्वजनिक गरेको छ । यसै साता १० लाख प्रयोगकर्तामाझ जियोले ९ सय ९९ भारतीय रुपैयाँ मूल्यका ‘भारत फोन’ को परीक्षण गर्ने जनाएको छ ।

परीक्षण अवधिमा जियोले १ सय २३ भारुमा एक महिनाका लागि १४ जीबी डेटासहित असीमित संख्यामा कल गर्न मिल्ने सुविधा पनि उपलब्ध गराउने भनेको छ ।

अन्य प्रतिश्पर्धीहरूले फिचर फोन प्रयोगकर्तालाई दिनेभन्दा सात गुणा बढी डेटा र ३० प्रतिशत सस्तो मूल्यमा आफूहरूले सेवा उपलब्ध गराएको कम्पनीको दाबी छ ।

भारतको प्रविधि उद्योगबारे जानकार निल शाहका अनुसार जियोले टूजी फिचर फोन प्रयोगकर्ताको हातमा फोर जी चल्ने फोन पुर्‍याएर डिजिटल डिभाइड कम गर्न भूमिका खेलिरहेको छ ।

अर्बपति मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रीजअन्तर्गतको रिलायन्स जियो इन्फोकमले जुलाइ ७ (यही शुक्रबार) बाट ६ हजार ५ सय गाउँमा जियो भारत फोनको बेटा ट्रायल गर्न लागेको हो ।

जियोले ‘टूजीमुक्त भारत’ अभियान नै सञ्चालन गरेर सस्ता फोनको प्रचार गर्ने योजना सार्वजनिक गरेको छ ।

प्रकाशित मिति: २० असार २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्