जापानमा फेरी अर्काे शक्तिशाली भूकम्प


 


एजेन्सी, मंसिर ९

जापानमा अर्को शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार बिहीबार विहान ६ बजेर ३० मिनेटमा ६.१ रेक्टर स्केलको भूकम्प गएको हो । र, भूकम्पको केन्द्रविन्दु नामीबाट ३७ किलोमिटर पश्चिमा रहेको जापानको मौसम विज्ञान विभागले जनाएको छ ।

त्यही क्षेत्रमा तीन दिन अघि मात्र ७.१ रेक्टरको भूकम्प गएको थियो । यो भूकम्पपछि आधा घन्टाको बीचमा लगातार तीन पराकम्प गएको छ । ४.६ देखि ३.८ का पराकम्प गएको हो ।

यद्यपि कुनै मानवीय र भौतिक क्षतिको कुनै खबर छैन । साथै अहिलेसम्म सुनामीको चेतावनी पनि दिइएको छैन । फुुकुसिमालाई केन्द्र बनाएर गएको ७.४ रेक्टर स्केलको भूकम्पपछि भने सुनामीको चेतावनी दिइएको थियो ।

प्रकाशित मिति: ९ मंसिर २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्