ट्वीटरसंग प्रतिस्पर्धा गर्न मेटाले ल्यायो ‘थ्रेड्स एप’


 


एजेन्सी । मेटा कम्पनीले ‘थ्रेड्स् एप’ सञ्चालनमा ल्याएको छ । फेसबुक र इन्स्टाग्रामको मातृ कम्पनी मेटाले ट्विटरको प्रतिस्पर्धी एपका रुपमा थ्रेड्स एप ल्याएको हो।

यो एपले ट्विटरमा आएको विभिन्न परिवर्तनका कारण असन्तुष्ट बनेका प्रयोगकर्ताहरुलाई आकर्षण गर्न सक्ने विज्ञले बताएका बीबीसीले उल्लेख गरेको छ ।

थ्रेड्स एप नेपालसहित एक सय वटा देशमा डाउनलोडका लागि उपलब्ध छ । तर नियमनको विषयका कारण युरोपियन युनियनका देशहरूमा एप अझै उपलब्ध भैसकेको छैन । यसमा प्रयोगकर्ताले पाँच सय अक्षरसम्मका पोस्टहरू गर्न सक्छन् । साथै अरू धेरै विशेषता ट्विटरसँग मिल्दाजुल्दा नै रहेका छन् ।

यो छुट्टै एप भए पनि प्रयोगकर्ताले आफूले प्रयोग गरिरहेको इन्स्टाग्राम खाताबाटै यसमा लगइन गर्न सक्नेछन् । यसमा ट्विटरमा जस्तै अरू प्रयोगकर्तालाई अनफलो, ब्लक र रिपोर्ट गर्न पनि सकिन्छ ।

इन्स्टाग्राममा ब्लक भएका खाताहरू थ्रेड्समा स्वतः ब्लक हुन्छन् । मेटाको थ्रेड्स् एप निःशुल्क रहेको जनाएको छ ।

प्रकाशित मिति: २१ असार २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्