एन्फा कार्यबाहक अध्यक्ष श्रेष्ठको करेन्ट लागेर मृत्यु


 


काठमाडौं जेठ ३०

अखिल नेपाल फुटबल संघ (एन्फा)का कार्यबाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको ४९ वर्षको उमेरमा निधन भएको छ। शुक्रबार बेलुका ९ बजे भैंसेपाटीस्थित निवासमा करेन्ट लागेर श्रेष्ठको निधन भएको हो। उनी हालसालै पाटनदेखि भैंसेपाटीस्थित नयाँ घरमा सरेका थिए।
करेन्ट लाग्नेबितिकै उनलाई ललितपुरको अल्का अस्पताल पुर्‍याएको थियो। उपचारकै क्रममा उनको निधन भएको हो।
परिवारका अनुसार श्रेष्ठको शव शनिबार १० बजेसम्म थ्रीस्टार क्लबमा राखिने र १० बजेदेखि एन्फामा ल्यानेछ। उनको दाहसंस्कार आजै गरिने परिवारले जनाएको छ।
श्रेष्ठ थ्रीस्टार क्लबका अध्यक्षसमेत हुन्। संविधानसभाअन्तर्गतको लेखा समितिले एन्फा अध्यक्ष गणेश थापाको पद स्थगन गरेपछि उपाध्यक्ष श्रेष्ठलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको थियो। श्रेष्ठको श्रीमती, एक छोरा र एक छोरी छन्।

नागरिकन्युजबाट

प्रकाशित मिति: ३० जेष्ठ २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्