भारतको केरला राज्यको नाम परिवर्तन गरिँदै


एजेन्सी । भारतको केरला राज्यको नाम परिवर्तन गरिने भएको छ । केरलाका मुख्यमन्त्री पिनाराई विजयनले बुधबार विधान सभामा राज्यको नाम परिवर्तन गर्ने प्रस्ताव पेस गरेका छन्।
प्रस्ताव प्रस्तुत गर्दै उनले केरलाको आधिकारिक नाम परिवर्तन गरेर ‘केरलम’ राख्नुपर्ने बताए । केरला राज्यको नाम संविधानको पहिलो अनुसूचीमा केरलाको रूपमा सूचीबद्ध रहेको उनले बताए ।
उनले भने, ‘यो सभाले सर्वसम्मतिले संविधानको धारा ३ अन्तर्गत ‘केरलम’लाई संशोधन गर्न तत्काल कदम चाल्न केन्द्र सरकारलाई अनुरोध गर्दछु, यो सदनले हाम्रो राज्यलाई संविधानको आठौँ अनुसूचीमा उल्लिखित सबै भाषाहरूमा ‘केरलम’ नाम दिन पनि अनुरोध गर्दछ।
प्रकाशित मिति: २५ श्रावण २०८०, बिहिबार