Deshko News
११ आश्विन २०८०, बिहिबार

भुजेल समाज सेवाको छैठाैं महाधिवेशन पोखरामा हुने



काठमाडाैं, मंसिर १६
“मातृभाषा संस्कार संस्कृतिको संरक्षण, सम्वद्धर्नका साथै पहिचान, अस्तित्व र अधिकारका निम्ति सम्पूर्ण आदिवासी जनजाती भुजेलहरु एकजुट हौं ” भन्ने मुल नारा सहित भुजेल समाज सेवा केन्द्रीय समितिको छैठाैं राष्ट्रिय महाधिवेशन मंसिर २८–२९ गते पोखरा, सभागृहमा हुने भएको छ ।

भुजेल समाज सेवा केन्द्रीय समिति देश विदेशमा छरिएर रहेका भुजेलहरुलाई  गोलबन्द गर्दे अगाडी बढिरहेकाे छ। अब बन्ने नयाँ कार्यसमितिले अझ सशक्त रुपमा लागि परी भुजेलको इतिहास र भुजेल जातिको अस्तित्वलाई मेट्न नदिई सिमान्तकृत भुजेल जातिको पहिचान झल्काउने छ भन्ने पूर्ण अभिलाषा आम भुजेलले लिई रहेका छन् ।

भुजेल जातीको मातृभाषा, संस्कार, संस्कृतिको संरक्षण गर्दै हरेक तह र तप्काबाट ओझेलमा परेका भुजेल जातिलाई ओझेलबाट मुक्त दिलाउँदै अघि बढ्नु पर्ने आवश्यकता रहेकाे भुजेलहरू बताउँछन् ।

प्रकाशित मिति: १६ मंसिर २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News