बैतडीमा सुन पसलमा आगलागी, लाखौंको क्षति


 


बैतडी, भदौ २ । बैतडीको दशरथचन्द नगरपालिका ४ शाहीलेकमा रहेका समृद्धि सुनचाँदी गहना पसलमा सुनचाँदी पसलमा आगलागी भएको छ ।

पसलमा ग्यास सिलिन्डर बिस्फोट भई आगलागी भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

गहना बनाउने क्रममा ग्याँस लिक भई बिस्फोट हुँदा आगलागी भएको र पसलमा रहेका सुनचाँदीका सबै सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट लाखौंको क्षति भएको अनुमान गरिएपनि यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । स्थानीय र प्रहरीले मिलेर आगो नियन्त्रणमा लिइएका थिए ।

प्रकाशित मिति: २ भाद्र २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्