आज पद तथा गोपनीयताको शपथ लिँदै नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठ


 


काठमाडौं, भदाैं ५
नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् ।

सोमबार प्रधानन्यायाधीशमा नियुक्त भएका श्रेष्ठले आज पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलको निजी सचिवालयका अनुसार आज दिउँसो १ः४५ बजे श्रेष्ठले शपथ लिने कार्यक्रम तय भएको छ ।

संवैधानिक परिषद्को सिफारिसमा सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए ।

प्रकाशित मिति: ५ भाद्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्