भेपमार्फत भएको सुन तस्करी प्रकरणमा कृष्णबहादुर महराका छोरा राहुल पक्राउ


 


काठमाडौं, भदौ १३ । विद्युतीय चुरोट (भेप) तस्करी प्रकरणमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई आज दिउँसो नियन्त्रणमा लिएको एसपी नवराज अधिकारीले जानकारी दिए ।

गत वर्ष भेपमा लुकाएर भएको सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ ब्यापारी दावासँग राहुलको पटक पटक टेलिफोन सम्पर्क भएको सीआईबीकै अनुसन्धानबाट खुलेको थियो ।

सरकारी वकिल कार्यालयले उनीविरुद्ध मुद्दा नचलाएको भएपनि तस्करीमा संलग्न ब्यापारीसँग माओवादी उपाध्यक्ष महरा र उनका छोरा राहुलको पटक पटक टेलिफोन सम्पर्क भएको खुलेपछि व्युरोले उनलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति: १३ भाद्र २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्