राष्ट्रिय युवा संघ नेपाल अन्तर जिल्ला कमिटी भोजपुरको दोस्रो अधिवेशन शनिबार हुँदै

काठमाडौं, भदौ १४
राष्ट्रिय युवा संघ नेपाल अन्तर जिल्ला कमिटी भोजपुरको दोस्रो अधिवेशन शनिबार अर्थात भदौ १६ गते हुने भएको छ ।
काठमाडौैस्थित नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा दिउँसो २ बजेबाट अधिवेशन हुने राष्ट्रिय युवा संघ नेपाल अन्तर जिल्ला कमिटी भोजपुरका अध्यक्ष विरेन्द्र श्रेष्ठले जानकारी दिए ।
अधिवेशनको प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष क्षितिज थेवे रहेका छन् । अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।
अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने राष्ट्रिय युवा संघ नेपाल अन्तर जिल्ला कमिटी भोजपुरका सचिव अविरल कार्कीले जानकारी दिए । अधिवेशनमा एक सय २० जना प्रतिनिधि रहने छन् ।
प्रकाशित मिति: १४ भाद्र २०८०, बिहिबार