सर्वोच्चका प्रस्तावित न्यायाधीश शर्माविरुद्ध उजुरी आह्वान

काठमाडौं, भदौ १४ । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश बिनोद शर्माविरुद्ध १० दिने उजुरी आह्वान गरिएको छ ।
शुक्रबार बसेको संसदीय सुनुवाइ विशेष समितिले शर्माविरुद्ध १० दिनको म्याद राखेर उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।
ओखलढुंगा घर भएका ६२ वर्षीय शर्मालाई यही भदौ १० गते बसेको न्याय परिषदको बैठकले न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।
गत वर्ष भदौमा उनको नाम सिफारिस भएपनि त्यतिबेला संसदीय सुनुवाइ हुन नसकेका कारण उनको न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको थिएन ।
अब संसदीय सुनुवाइ प्रक्रिया पूरा भएर उनको नाम अनुमोदन गरेपछि नियुक्ति प्रक्रिया अघि बढ्ने समितिले जनाएको छ ।
प्रकाशित मिति: १५ भाद्र २०८०, शुक्रबार