जंगली च्याउ खाँदा दुई दाजु बहिनीको मृत्यु, आमा घाइते


 


बझाङ, भदौ १५ । जङ्गली च्याउ खाँदा बझाङमा दुई दाजु बहिनीको मृत्यु भएको छ ।

जङ्गली विषालु च्याउ खाँदा जिल्लाको जयपृथ्वी नगरपालिका–६ नौराका लक्ष्मण कठायतका ११ वर्षीय छोरा सुदीप र सात वर्षीया छोरी सञ्जिलाको मृत्यु भएको हो।

उनीहरुलाई उपचारको लागि डडेल्धुरा अस्पताल ल्याउनेक्रममा सञ्जीलाको बुधबार बीच बाटोमै ज्यान गयो भने सुदीपको अस्पतालमा उपचारका क्रममा बिहीबार राति मृत्यु भएको जयपृथ्वी नगरपालिका–६ का वडाध्यक्ष नरेन्द्रबहादुर सिंहले बताए।

सुदीपको शव अहिले बझाङ ल्याउँदै गरिएको र सञ्जिालको शव भने परिवारले दाहसंकार गरेको उनले बताए। उनीहरूले बुधबार बिहान घरमाथिको लेकबाट ल्याएको बिषालु जंगली च्याउ खाएका थिए। आमा पुनी कठायतको अवस्था भने सामान्य रहेको छ।

उनी अहिले घरमै उपचाररत रहेको पनि सिंहले बताए। बुवाविद्यालयका कर्मचारी भएको र उनी विद्यालय गएका बेला आमासहित छोराछोरीले च्याउको तरकारी बनाएर खाएका थिए। पुनीकी जेठी छोरीले भने च्याउ खाइनन् ।

प्रकाशित मिति: १५ भाद्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्