भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप शुरु


 


झापा ११ को बिजयी शुरुवात

gn3_412812617

रबिन कटेल
धनकुटा, जेठ ३१

धनकुटामा आईतवारबाट शहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटवल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा राष्ट्रिय जागृती क्लव सुनसरीलाई २–१ गोल अन्तरले पराजित गर्दै झापा ११ बिजयी भएको छ ।
जर्सी  नम्बर १८ का बुद्ध चेम्जोङ्गले खेलको ९ औँ मिनेटमा पहिलो गोल गर्दै झापाको खाता खोलेका थिए । खेलको २७ औँ मिनेटमा पुनः चेम्जोङ्गले अर्को गोल थप्दै झपालाई २–० को अग्रता दिलाए । सुनसरीका जर्सी नम्बर १० का लिला मगरले ३७ औँ मिनेटमा गोल गर्दै खेललाई २–१ मा ल्याए ।
निर्धारित ९० मिनेटको खेलको मध्यान्तरपछि भने दुवै टिमबाट गोल भएन । सोमवारको खेल आयोजक धनकुटा निलो र फेन्स क्लव वी.आर.सी भुटान बिच हुने आयोजकले जनाएको छ । असार ६ गतेसम्म चल्ने प्रतियोगितामा दुई बिदेशी सहित ८ टिम उपाधीका लागि भिड्दैछन ।
प्रतियोगितामा दार्जिलिङ्ग फुटवल क्लव, मोरङ्ग फुटवल संघ, शसस्त्र प्रहरी वल (एपिएफ) र आयोजक धनकुटाका दुई टिम पनि सहभागि छन । प्रतियोगिताको बिजेतालाई १ लाख १५ हजार तथा उप–बिजेतालाई ५५ हजार सिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: ३१ जेष्ठ २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्