ललिता निवास प्रकरणको थुनछेक बहस सकियो, आजै आदेश आउने


 


काठमाडौं, भदौ २४ । ललिता निवास जग्गा हिनामिना प्रकरणको मुद्दामा थुनछेक बहस सकिएको छ ।

जिल्ला अदालत काठमाडौँमा न्यायाधीश भोलानाथ ढकालको इजलासमा प्रतिवादी र सरकारी वकिलको तर्फबाट बहस सकिएको हो ।

आज १८ औ नम्बरको प्रतिवादीका रुपमा समरजंग कम्पनीका तत्कालीन कार्यालय प्रमुख लोकहरी घिमिरेसंगै यस प्रकरणमा पक्राउ परेका १८ जनाकै बहस सकिएको छ ।

यो प्रकरणमा शिवजी भट्टराई, रुद्रकुमार श्रेष्ठ, बालकृष्ण श्रेष्ठ र कलाधर देउजा मीनबहादुर गुरुङ, घमनकुमार कार्की, गोपाल कार्की र विनोद प्रसाद पौडेल थुनामा छन् ।

यस्तै योगराज पौडेल, नारायणदास मिश्र, अरुण कुमार श्रेष्ठ, ध्रुवप्रसाद अर्याल, केशव तुलाधर, बावुराजा महर्जन, देवनारायण महर्जन, सकलानन्द महर्जन, सञ्जयकुमार महर्जन र लोकहरी घिमिरेसहित ललिता निवास प्रकरणमा १८ जना थुनामा रहेका हुन् ।

बहसपछि आजै प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने भन्नेबारे आदेश हुने अदालत प्रशासनले जनाएको छ ।

प्रकाशित मिति: २४ भाद्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्