सुन तस्करी प्रकरणमा विध ल्याबका सञ्चालकसँग लिइयो बयान


 


काठमाडौं, भदौ २४ । ६० किलो सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग बयान लिएको छ ।

यसअघि पक्राउ परेका बेल्जियम नागरिक दावा छिरिङसँग सम्पर्क देखिएको भन्दै सीआईबीले भण्डारीसंग बयान लिएको हो ।

हङहङबाट ब्रेक सुमा लुकाएर ल्याइएको ६० किलो ७ सय १६ ग्राम सुन गत साउन ३ मा राजश्व अनुसन्धान विभागको टोलीले सिनामंगलबाट बरामद गरेको थियो ।

हालसम्म सुन तस्करी प्रकरणमा ३० जना पक्राउ परेका छन् । सुन प्रकरणमा अहिले सीआईबीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २४ भाद्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्